Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • प्रधानमन्त्रीलाई हुतिहारा भन्दा विडारीले खाए प्रधानन्यायाधीशको हप्की

    प्रधानमन्त्रीलाई हुतिहारा भन्दा विडारीले खाए प्रधानन्यायाधीशको हप्की

    अनलाइन नेपाल
  • शुक्रबार, १६ माघ २०७७
  • 3.9K
    SHARES

    काठमाडौं । सांसद समेत रहेका वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर राज्यविरूद्धको अपराध गरेको भन्दै कारबाही गर्नुपर्ने बताएका छन् ।

    प्रधानमन्त्री ओलीलाई ‘संसद फोबिया’ भएको बताउँदै उनले प्रधानमन्त्रीलाई अहिले कारबाही नगरे अरु प्रधानमन्त्रीले पनि त्यसै गर्ने तर्क गरे।



    प्रतिनिसभा विघटनमा परेको रिटउपर सर्वोच्चमा जारी सुनुवाइका क्रममा शुक्रबार बहस गर्दै अधिवक्ता बिडारीले भने–‘
    प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले राज्यविरूद्धको अपराध मात्र गर्नु भएको छैन । उहाँले संसदलाई आए आँप गए झटारो बनाउन खोज्नु भएको छ ।’



    ‘हामीले कस्तो प्रधानमन्त्री बनाइएको रहेछ, जो संसदसँग तर्सिरहन्छन् । हाम्रो प्रधानमन्त्रीलाई पार्लियामेन्ट फोबिया भएको छ। प्रतिनिधससभा विघटन त गर्नुभो गर्नुभो, राग्ष्ट्रिय सभा पनि तीन दिनमै स्थगित गर्दिनु भो।’ उनले अघि भने ।

    बहसका क्रममा संसद फेस गर्न नसक्ने प्रधानमन्त्री हुतिहारा भएको उनले बताए।

    इजलासमै प्रधानमन्त्रीले संसदको सामना गर्न नसकेको भन्दै विडारीले भने–‘यति हिम्मत नभएको हुतिहारा प्रधानमन्त्री…’ । पार्टी चलाउन पनि असफल, सरकार चलाउन पनि असफल, संसद बोलाएर देखाउन सक्नुपर्‍यो नि ।’

    त्यस लगत्तै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले उनलाई यस्ता शब्द नबोल्नु भन्दै सचेत गराएका थिए ।

    राणाले भने–वरिष्ठ ज्यू अपशब्द भने नबोल्दिनुहोस् ।’

    तर, बिडारीले भने आफूले असफल प्रधानमन्त्री भन्न खोजेको बताएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार