Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • ६ वर्ष अघि दायर भएको रिटमा सर्वोच्चले भन्यो–‘भिभिआइपी’को सवारीका नाममा सडकमा व्यवधान नगर्नू

    ६ वर्ष अघि दायर भएको रिटमा सर्वोच्चले भन्यो–‘भिभिआइपी’को सवारीका नाममा सडकमा व्यवधान नगर्नू

    अनलाइन नेपाल
  • मंगलबार, ८ फाल्गुन २०८०
  • 558
    SHARES

    फाइल फोटो

    काठमाडौं । सर्वोच्च अदालतले उच्चपदस्थ पदाधिकारी (भिभिआइपी)को सवारीका नाममा सडकमा व्यवधान नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।

    ६ वर्ष अघि दायर भएको रिटको सुनुवाई गर्दै न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले आज यस्तो परमादेश जारी गरेको हो ।



    अधिवक्ता ज्ञानेश्वर कोइरालाले नेपाल सरकार, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाएर ६ वर्षअघि रिट दायर गरेका थिए ।



    अधिवक्ता कोइरालाले ०७४ माघ १९ गते दायर गरेको रिटको मंगलबार टुंगो लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार