Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ‘अहंकारी शासकलाई अदालतले ठेगान लगाउँछ’

    ‘अहंकारी शासकलाई अदालतले ठेगान लगाउँछ’

    अनलाइन नेपाल
  • शुक्रबार, १६ माघ २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति सदस्य प्रदीप पौडेलले आगामी वैशाखमा कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता पौडेलले आगामी वैशाखमा केपी ओली नेतृत्वको सरकारले घोषणा गरेको निर्वाचन कुनै पनि हालतमा नहुने बताएका हुन् ।

    सभामा बोल्दै उनले भने, ‘आगामी वैशाखमा केपी ओली नेतृत्वको सरकारले घोषणा गरेको निर्वाचन कुनै पनि हालतमा हुँदैन । यो विषयमा कांग्रेस लाटो छैन, ओलीले कांग्रेसलाई जिताउने निर्वाचन गर्दै गर्दैनन् ।’ उनले आँट भए प्रधानमन्त्रीबाट राजीनामा दिएर निर्वाचनमा आउन आग्रह पनि गरे ।



    उनले एउटा इकाइ बनाउन संघीयता नल्याएको र केपी ओली स्थिरताको शत्रु भएको आरोप पनि लगाए । यस्तै, ओलीको निरंकुश शासक बन्ने चेष्टा असफल पार्ने उनले चेतावनी पनि दिए । सभामा उनले गणतन्त्र हेर्ने जिम्मा ओलीलाई दिनु भनेको मकैबारी हेर्न बाँदरलाई जिम्मा दिएजस्तै भएको पनि आरोप लगाए ।



    उनले भने, ‘यो अहंकारी शासकलाई अदालतले ठेगान लगाउँछ भन्ने विश्वास छ। संसद् विघटनसम्बन्धी कदम सच्चिनुपर्छ, प्रतिनिधिसभा पुनर्वहाली हुनुपर्छ । संवैधानिक नियुक्तिहरू खारेज हुनुपर्छ ।’

    यसैबीच प्रधानमन्त्री ओलीले निर्वाचन वैशाखमै हुने दावी गरेका छन् । नेकपा महानगरद्वारा शुक्रबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचन एक दिन पनि पर नसर्ने ठोकुवा गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार