Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • सहकारी ठगीमा छानबिन समिति बनाउने अडान कायमै छ : प्रदीप पौडेल

    सहकारी ठगीमा छानबिन समिति बनाउने अडान कायमै छ : प्रदीप पौडेल

    अनलाइन नेपाल
  • सोमबार, २६ चैत्र २०८०
  • 225
    SHARES

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने अडानबाट पार्टी पछि नहट्ने बताएका छन्।

    काठमाडौंमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।



    सांसदसमेत रहेका पौडेलले संसदीय छानबिन समिति गठनको मागबाट पार्टी पछि नहट्ने बताए।



    नेता पौडेलले भने,‘सहकारीको विषय केही तथ्यहरुसँग जोडिएको छ। हामीले छानबिन प्रभावित हुने स्थिति भएको कारणले संसदीय समिति बनाउनुपर्छ भनेको हो । समिति बनाउँदा सत्ताको अंक गणितको आधारमा हुन्छ। सत्तारुढ गठबन्धनले संसदीय समिति बनाउँदा र सत्तामै भएको व्यक्तिमाथि छानबिन गर्दा पनि संसदीय समितिको बहुमत त्यही गठबन्धनकै हुन्छ। संयोजक पनि त्यही पक्षबाट आउनुहुन्छ। कांग्रेसबाट गएका केही प्रतिनिधिले सत्यलाई ढाकछोप गर्ने स्थिति हुँदैन, त्यसैले छानबिनका लागि निर्दोष छु भन्नेहरु किन तयार नहुनुभएको? निर्दोष भए त झनै छानबिन गरेर निर्दोष सावित हुनु राम्रो हुन्छ।’

    उनले कांग्रेस संसदीय छानबिन समिति निर्माण गरिनुपर्ने अडानबाट पछि नहटेको उनले बताए। उनले दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अप्ठ्यारो ? भन्ने प्रश्न गरे ।

    उनले कुनै पनि घटना विशेषको सत्य तथ्य खोजिनुपर्ने बताए । सांसद पौडेलले सरकारको संयन्त्र विश्वसनीय नभएकै कारण यसअघिका प्रकरणहरुमा पनि संसदीय छानबिन समितिहरु बन्ने गरेको जिकिर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार