Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कांग्रेसले एमालेसँग सहकार्य गर्न लागेको भन्ने हल्लामात्रै हो : प्रदीप पौडेल

    कांग्रेसले एमालेसँग सहकार्य गर्न लागेको भन्ने हल्लामात्रै हो : प्रदीप पौडेल

    अनलाइन नेपाल
  • आइतबार, २७ फाल्गुन २०८०
  • 354
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कांग्रेस सरकार बनाउने खेलमा लाग्न नहुने बताएका छन्।

    काठमाडौंको सुकेधारामा आइतबार भएको शिक्षक संघ बागमती प्रदेशको अधिवेशनमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् ।



    उनले कांग्रेस रचनात्मक प्रतिपक्षीको भूमिका खेल्दै जनताका कुरा खरो ढंगले उठाउने पनि बताए।



    नेता पौडेलले भने,‘कांग्रेस भ्यागुताको धार्नी पुर्‍याउन लाग्न हुन्न, कांग्रेसले रचनात्मक भएर प्रतिपक्षी भूमिका निर्वाह गर्नुपर्दछ, देश र जनताको पक्षमा खरो रुपमा प्रस्तुत हुनुपर्दछ।’

    उनले कांग्रेसले एमालेसँग सहकार्य गर्न लागेको हल्ला चलेको पनि बताए।

    सुशासन कायम गरे मात्रै जनताको विश्वास जित्न सकिने उनको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार