Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कांग्रेस नेता पौडेलले भने – वर्तमान गठबन्धन झगडाले समाप्त हुन्छ, सत्तामा जान हतार नगरौं

    कांग्रेस नेता पौडेलले भने – वर्तमान गठबन्धन झगडाले समाप्त हुन्छ, सत्तामा जान हतार नगरौं

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 273
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले तत्काल सत्तामा जान आफुहरुले हतार गर्न नहुने बताएका छन्।

    नवीन्द्रराज जोशीको तृतीय स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् ।



    नेता पौडेलले भने,‘कांग्रेसका लागि सत्ता ठूलो कुरा होइन। पर्खेर बसौं, यो देशले कांग्रेसलाई फेरि सत्तामा पुर्‍याउँछ । सत्ताका निम्ति हतार नगरौं, अहिले जुन गठबन्धन बनेको छ त्यो चिरस्थायी हुँदैन, उहाँहरू आफैंमा झगडा गरेर यो गठबन्धन समाप्त हुनेछ।’



    उनले कांग्रेसका लागि सत्ता ठूलो कुरा नभएको बताए।

    सत्तामा कांग्रेस किन जाने हो, के गर्न जाने हो भन्ने कुरा पहिले प्रष्ट हुनुपर्ने र काम गर्न पूर्वतयारी गर्नुपर्ने उनले बताए।

    पार्टीले कुन क्षेत्रमा कसरी काम गर्ने हो प्रष्ट हुनुनुपर्ने सकेत उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार