Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • संसद विघटनले संविधान नै विघटनको अवस्थामा पुग्यो : नेता सिटौला

    संसद विघटनले संविधान नै विघटनको अवस्थामा पुग्यो : नेता सिटौला

    अनलाइन नेपाल
  • शुक्रबार, १६ माघ २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संसद मात्र नभएर संविधान नै विघटनको अवस्थामा पुगेको बताएका छन् ।

    शुक्रबार संसद विघटन विरुद्ध कांग्रेस क्षेत्र नम्बर ६ ले काठमाडौंको शान्तिबाटीकामा गरेको कार्यक्रममा सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले  संसद विघटन गरेर संविधानलाई नै असफल बनाउने प्रयास गरेको आरोप लगाए ।



    उनले प्रतिनिधिसभा विघटन तानाशाही र निरकुंशता पाल्ने षड्यन्त्र भएकाले जनताको अधिकार अन्त्य हुनेतर्फ नगइ आत्मालोचना गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे । उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असफल बनाएर प्रतिनिधिसभा पुनर्स्थापना गराउनुपर्ने तर्क गरे ।



    संविधानलाई गतिशील बनाउन अदालतको कल्पना गरिएको स्मरण गर्दै नेता सिटौलाले अदालतलाई क्षमता प्रकट गरेर संविधानको रक्षा गर्दै जनविश्वास बटुल्ने अवसर प्राप्त भएको समेत टिप्पणी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार