Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ‘हिजो राहत दिंदा मुद्दा हाल्ने ओली अहिले पूर्व लडाकुका नाममा गोहीको आँशु बगाउँदै छन्’

    ‘हिजो राहत दिंदा मुद्दा हाल्ने ओली अहिले पूर्व लडाकुका नाममा गोहीको आँशु बगाउँदै छन्’

    अनलाइन नेपाल
  • आइतबार, १८ माघ २०७७
  • 2.8K
    SHARES

    सन्धिखर्क । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य वर्षमान पुन ‘अनन्त’ ले हिजो राहत दिंदा समेत मुद्दा हाल्ने केपी शर्मा ओली अहिले पूर्व माओवादीका बहिर्गमित जनमुक्ति सेना, अयोग्य लडाकु र शहीद परिवारलाई संगठित गर्न गोहीको आँशु चुहाइरहेको बताएका छन् ।

    पीडितहरुले लामो समयसम्म आन्दोलन गर्दा, पार्टीमा पटक–पटक छलफल हुँदा र आफूले मन्त्रिपरिषदमा तीन वर्षसम्म लगातार प्रयास गर्दा समेत प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ तयार नभएको उनले बताए । गृहमन्त्री बादलले घाइतेहरुले पाउँदै आएको जीवनवृत्ति भत्ता समेत खोसेको अनन्तले आरोप लगाए ।



    सन्धीखर्कमा आयोजित नेकपा प्रचण्ड–नेपाल पक्षको कार्यक्रममा पूर्वमन्त्री समेत रहेका पुनले भने, ‘बादलजीले ७५ प्रतिशत बढी घाइतेलाई उपलब्ध गराइँदै आइएको १२ हजार ४ सयबाट कटाएर ६ हजार २ सयमा झार्नुभयो । ६ हजार २ सय पाउँदै आएका ५० प्रतिशत घाइतेको पूरै सुविधा खोस्नुभयो । मैले धेरैपटक सहजीकरण गरें । हुन्छ–हुन्छ भन्दै काम गर्नुभएन ।’
    नेता पुनले थपे, ‘हिजो प्रचण्डले हेरेन भनेर ठूला कुरा गरेको हामी सुन्छौं । तीन वर्षसम्म घच्घयाउँदा केही नगर्नेले गोहीको आँशु चुहाउँदै हामी प्याकेज दिन्छौं भनेर भाषण गर्नुको कुनै अर्थ छैन ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार