Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • लगानी सम्मेलनमा सत्तापक्ष र प्रतिपक्ष भन्ने भाव छैन : अर्थमन्त्री पुन

    लगानी सम्मेलनमा सत्तापक्ष र प्रतिपक्ष भन्ने भाव छैन : अर्थमन्त्री पुन

    अनलाइन नेपाल
  • सोमबार, १० बैशाख २०८१
  • 327
    SHARES

    फाइल तस्विर

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनलाई सफल बनाउन सबै राजनीतिक दलहरू एक ठाउँमा रहेको बताएका छन् ।

    सोमबार काठमाडौंमा लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।



    उनले कुनै राजनीतिक दल, सरकार र गठबन्धन विशेषको लगानी सम्मेलन नभएकाले देशको हित हुने काममा सबै राजनीतिक दलहरू एक ठाउँमा रहेको बताए ।



    सत्तापक्ष, प्रतिपक्ष र कहिले गठबन्धनमा भए पनि वैदेशिक लगानी र आन्तरिक लगानीमा राजनीतिक दलहरूका प्रतिबद्धताहरू समान रहेको बताए ।

    लगानी सम्मेलनमा सत्तापक्ष र प्रतिपक्ष भन्ने भाव नरहने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार