Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीले २३ गते हिन्दू राष्ट्र घोषणा गर्ने सुरेन्द्र पाण्डेको ठोकुवा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले २३ गते हिन्दू राष्ट्र घोषणा गर्न सक्ने ठोकुवा गरेका छन्।

आइतबार माइतीघर मण्डलामा आयोजित प्रतिनिधिसभा विघटनविरुद्धको धर्नालाई सम्बोधन गर्दै पाण्डले यस्तो बताए।

उनले भने, ‘यही २३ गते नै ओलीले हिन्दू राष्ट्र घोषणा गर्छन भन्ने चर्चा चल्दैछ । ओलीले यो गर्न सक्छन्।’ विभाजित नेकपाको ओली पक्षले २३ माघमा काठमाडौंमा वृहत आमसभाको तयारी गर्दै गर्दा पाण्डेले यस्तो बताएका हुन् ।

ओलीले झ्यालको बाटो छाडी भीरको बाटो हिँडेर प्रतिनिधिसभा विघटन गरेको पाण्डेको टिप्पणी छ । उनले ओली अब कम्युनिष्ट नरहेको र धर्मका कुरा गरेर जनतालाई भुलाउन खोजेको आरोप लगाए।

‘हिजोमात्रै ओलीले राममन्दीर बनाउने घोषणा गरे । ओली अब कम्युनिष्ट रहेनन् । केपी ओली पूजापाठतिर लागेका छन् । ओली नयाँ मठाधिश बनेर, धर्मका कुरा गरेर जनतालाई अल्मल्याउन कोसिस गरेका छन् ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077