Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

संविधान निर्माताको मनसाय बुझ्न खोज्ने हो भने सही ठाउँमा पुग्न सकिदैन श्रीमान् : महान्यायाधिवक्ता खरेल

काठमाडौँ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बहसकाे क्रममा सही रहेको महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बताएका छन्।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइमा सहभागी महान्यायाधिवक्ता खरेलले संविधान निर्माताको मनसाय बुझ्न खोज्ने हो भने सही ठाउँमा पुग्न नसकिने बताएका छन् ।

सरकारको कदमको रक्षार्थ उपस्थित महान्यायाधिवक्ता खरेलले संविधानसभाको संख्या ठूलो भएको र संविधान निर्माणमा संलग्नहरूको फरक-फरक मनसाय भएकाले उनीहरूको मनसाय बुझ्न खोजे सही निष्कर्षमा अदालत पुग्न नसक्नेमा जोड दिए ।

'विधायकहरू धेरै हुनुहुन्थ्यो । एउटासँग प्रपोजल लेखिएको हुन्छ । अर्कोसँग सहमति गरेको हुन्छ । यसरी विधायिकाको मनसाय हेर्ने हो भने हामी सही ठाउँमा पुग्न सक्दैनौं श्रीमान्,' उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077