Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

'संसदीय व्यवस्थामा प्रधानमन्त्रीसँग अचम्मको अधिकार हुन्छ'

काठमाडौं । प्रधानमन्त्री केपी शर्माका कानुन व्यवसायीहरूले संसदीय व्यवस्थामा प्रधानमन्त्रीसँग संसद विघटन गर्न पाउने विशेष अधिकार हुने दाबी गरेका छन् ।

संसद विघटनविरुद्धका मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको सुनुवाइका क्रममा प्रधानमन्त्रीका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रधानमन्त्रीसँग संसदमा अनुशासन कायम गर्नका लागि अचम्मको अधिकार भएको बताए ।

नेपालमा संसदीय व्यवस्था रहेको र त्यस अन्तर्गतको प्रधानमन्त्रीलाई संसद र मन्त्रिपरिषद्‍मा अनुशासन कायम गर्नका लागि प्रधानमन्त्रीका लागि 'अचम्मको अधिकार' हुने वरिष्ठ अधिवक्ता पन्तको भनाइ थियो ।

प्रधानमन्त्रीले त्यस्तो अधिकार प्रयोग गर्न नपाउने हो भने संविधान, ऐन वा कानुनमा स्पष्टसँग लेख्नुपर्ने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077