Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अख्तियारमा राई पुगेलगत्तै प्रचण्ड-माधव समुहद्वारा भोली नेपाल बन्दको आह्वान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले भोलि नेपाल बन्द आह्वान गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड–माधव समूहले संवैधानिक निकायहरुमा भएको जबर्जस्ती नियुक्तिको बिरोधमा आमहड्तालको घोषणा गर्न लागेको छ ।

सरकारले संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले बिहिबार आमहड्ताल घोषणा गरेको हाे ।

नेकपा बागमती प्रदेश अध्यक्ष नारायण दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल बन्द गरिएकोबारे जानकारी दिएका छन् ।

पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो ।

बुधबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिकी सह-संयोजक पम्फा भुसालले पूर्व निर्धारित कार्यक्रमलाई परिमार्जन गरेर बिहीबार आम हड्तालको घोषणा गरिएको बताइन् ।

देशभर आम हड्ताल गर्नु आफूहरुको बाध्यता भएको प्रवक्ता एवं संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए । उक्त समूहले २८ गते राजधानीमा बृहत प्रदर्शन गर्दै छ ।

जोशीले राजीनामा दिए

प्रमुख आयुक्तमा नियुक्त भएका प्रेमकुमार राईको मातहतमा बसेर काम गर्नुपर्ने भएपछि अख्तियार का आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् ।

बुधबार राजीनामा दिएका जोशी आयोगबाट विदासमेत भएका छन् ।

आयोगको प्रमुख आयुक्तमा नियुक्त भएका प्रेम कुमार राईको मातहतमा बसेर काम गर्नुपर्ने भएपछि उनले राष्ट्रपति बिद्यादेवी भण्डारीसमक्ष राजिनामा बझाएका हुन् ।

राई जोशीभन्दा जुनियर अधिकृत हुन् ।

विगतमा राई जोशीकै मातहतमा आयोगका सचिवका रुपमा काम गरेका थिए । त्यसैले अहिले जुनियरको मातहतमा बसेर काम गर्न नसक्ने भन्दै उनले राजिनामा दिएका हुन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077