Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

प्रश्नपत्र चुहावट प्रकरणमा सरकारमाथि महेश बस्नेतको प्रहार - भारतमा मन्त्री आउट, नेपालमा समिति मात्रै

प्रश्नपत्र चुहावट प्रकरणमा सरकारमाथि महेश बस्नेतको प्रहार - भारतमा मन्त्री आउट, नेपालमा समिति मात्रै

आइतवार , श्रावण १०, २०८३

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को एमबीएस परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर सरकार र शिक्षा मन्त्रालयको कडा आलोचना गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले नेपाल र भारतको उदाहरण तुलना गर्दै प्रश्नपत्र चुहावटजस्तो गम्भीर घटनामा नैतिक जिम्मेवारीको अभ्यास नेपालमा नदेखिएको आरोप लगाए।

उनले भारतमा प्रश्नपत्र चुहावट भएपछि मन्त्रीले नैतिक जिम्मेवारी स्वीकार गर्दै राजीनामा दिएको उल्लेख गर्दै नेपालमा भने घटना सार्वजनिक भएपछि छानबिन समिति गठन गरेर विषयलाई टार्ने प्रयास गरिएको टिप्पणी गरेका छन्।

बस्नेतले लेखेका छन्, भारतमा प्रश्नपत्र चुहावट भयो, ‘कक्रोच पार्टीसडकमा उत्रियो, मन्त्रीले नैतिक जिम्मेवारी लिएर राजीनामादिए। नेपालमा चाहिँ त्रिवि रजिस्ट्रार कार्यालयबाटै एमबीएस परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र आउट भयो। त्रिविले साइबरब्युरोलाई पत्राचार गर्‍यो, छानबिन समिति बन्यो।

त्रिविले घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गर्नुका साथै आन्तरिक छानबिन समिति गठन गरेको भए पनि बस्नेतले त्यसलाई पर्याप्त कदम नभएको बताएका छन्।

उनले सरकारलाई नैतिक जिम्मेवारीबारे प्रश्न उठाउँदै लेखेका छन्, अब प्रश्न भारतमा प्रश्नपत्र आउट हुँदा मन्त्री आउट, नेपालमाप्रश्नपत्र आउट हुँदा केवल छानबिन समिति मात्र आउट? मन्त्रीज्यू, नैतिकता नेपालमा पनि आयात गर्न मिल्छ कि मिल्दैन?”

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077