Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

बन्द सफल बनाउन ११ स्थानमा खटाइएका प्रचण्ड-माधव समुहका कमाण्डरहरु

काठमाडौं। संबैधानिक निकायमा जबरजस्ती नियुक्ती गरेको बिरोधमा नेकपा प्रचण्ड-माधव समुहले बिहीबार घोषणा गरेको आमहड्ताल सफल बनाउन  राजधानीका ११ प्रमुख स्थानमा कमाण्डर तोकिएका छन्। ।

प्रचण्ड-माधव समुहले स्थायी समितिका सदस्यहरुलाई चोक-चोकको जिम्मेवारी सहित बन्द गराउन खटाएको हो।

आम हड्तालमा विद्यालय, यातायात, उद्योग, कलकारखाना सबै बन्द गराउने निर्णय गरिएको छ ।

बन्द सफल बनाउन काठमाडौंका ११ स्थानमा तोकिएका कमाण्डरहरुमा क्रमश: कलङ्की चोकमा युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, बल्खुमा बेदुराम भुसाल र सातदोबाटोमा देव गुरुङ, पुल्चोकमा पम्फा भुसाल, कोटेश्वरमा लीलामणि पोखरेल, चाबहिलमा वर्षमान पुन र हरिबोल गजुरेल,  महाराजगञ्जमा शक्ति बस्नेत तोकिएका छन्।

गोंगबुमा भीम रावल, बालाजुमा रघुजी पन्त र रत्नपार्कमा नारायणकाजी श्रेष्ठ तथा जनार्दन शर्माले कमाण्ड समाल्ने नेकपाले जनाएको छ। सँसद विघटनविरुद्ध केन्द्रीय संघर्ष समितिले सो कार्यक्रम राखेको हो।

देशभर आम हड्ताल गर्नु आफूहरुको बाध्यता भएको प्रवक्ता एवं संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनले सरकारी गुण्डाराज अन्त्य गर्नका लागि संघर्ष गर्नुपर्ने बताएका छन् । संवैधानिक निकायमा गरिएको नियुक्तिको विरोधमा भोलि आम हड्तान गर्नुपर्ने अवस्था सिर्जना भएको नेता श्रेष्ठले बताए।

भोलि अस्पताल, प्रेस, पानी, दूध, एम्बुलेन्स र परीक्षाबाहेक सबै कुरा बन्द हुने नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077