Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बन्द सफल बनाउन सडकमा निस्किएर नारा लगाउँदै प्रचण्ड

काठमाडौं । सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा नेकपा प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । आमहड्तालको प्रभाव काठमाडौँ छिर्ने विभिन्न नाकाहरूमा परेको छ।

आमहड्तालको घोषणासँगै सरकारले राजधानीको सुरक्षा व्यवस्था कडा बनाएको छ ।

गृहमन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो । बिहानैदेखि बन्द गर्न हिँडेका प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरिरहेको छ ।

बन्द सफल बनाउन काठमाडौंका ११ स्थानमा  क्रमश: कलङ्की चोकमा युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, बल्खुमा बेदुराम भुसाल र सातदोबाटोमा देव गुरुङ, पुल्चोकमा पम्फा भुसाल, कोटेश्वरमा लीलामणि पोखरेल, चाबहिलमा वर्षमान पुन र हरिबोल गजुरेल,  महाराजगञ्जमा शक्ति बस्नेत कमाण्डरका रुपमा खटिएका छन्।

सातदोबाटोमा देव गुरुङलाई सघाउ गर्न तथा आन्दोलनलाई थप उर्जा दिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै सडकमा निस्किएका छन्।

उनले आन्दोलनकारीसँग  कोटेश्वरको सडकमा नारा लगाइरहेको देख्न सकिन्छ। यता,अष्टलक्ष्मी शाक्यसहित दर्जनौ कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ।

गोंगबुमा भीम रावल, बालाजुमा रघुजी पन्त र रत्नपार्कमा नारायणकाजी श्रेष्ठ तथा जनार्दन शर्मा खटिएका छन्  ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077