Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

ट्याक्सी आगजनीमा ओलीका 'भिजिलान्ते'को संलग्नता रहेको प्रचण्ड पक्षको दाबी

काठमाडौं। सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेपछि त्यसको विरोधमा प्रचण्ड–नेपाल समूहको नेकपाले आज देशव्यापी आम हड्ताल गरेको छ।

सो क्रममा एकाबिहानै गोंगबुमा एक ट्याक्सीमा अज्ञात व्यक्तिहरुले आगजनी गरेको छ।

नेकपा प्रचण्ड–माधव पक्षले बिहीबार आयोजित आमहड्तालको क्रममा घुसपैठ भएको दाबी गरेको छ ।  राष्ट्रिय युवा संघका संयोजक दीपशीखाले गोंगबुमा भएको ट्याक्सी आगजनीमा आन्दोलनकारीको संलग्नता नरहेको र ओलीका भिजिलान्तेहरुको संलग्नताको आशंका गरेका छन्।

उनले आन्दोलनमा घुसपैठ भएको दावी गरेका छन् ।

‘यो आयोजकका तर्फबाट गरिएको होइन । आगजनी वा तोडफोड गर्ने कुनै नीति रहेको छैन । आन्दोलनलाई अराजक देखाउने सरकारी घुसपैठको चरम नमुना ’ उनले भने ।

बिहानै अज्ञात समूहबाट गोंगबुमा ट्याक्सीमा आगजनी भएको थियो भने सो आगजनीको विषयलाई लिएर सामाजिक सञ्जालमा कडा आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077