Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रचण्डले भने-ओलीको प्रदर्शन पञ्चे र्याली, हाम्रो जनआन्दोलन

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब जनआन्दोलन हुने दाबै गरेका छन् ।

संसद विघटको विरोधमा बिहीबार आम हड्तालमा सहभागी हुँदे प्रचण्डले ओलीको समर्थनमा हुने प्रदर्शन पञ्चे र्याली मात्र हुने दाबी गरे ।

प्रचण्डले भने, ‘अब हामीले गर्ने भनेको जनआन्दोलन हो’, केपीजीले गर्ने भनेको पञ्जे र्याली मात्र हो ।’

प्रचण्डले संविधानविपरित संवैधानिक नियुक्तिको विरुद्ध आम हड्ताल गरेर सडकमा उत्रिनु परेको बताए ।

अन्दोलनलाई केपी ओली र प्रचण्डबीचको जुहारीको रुपमा नहेर्नसमेत प्रचण्डले अनुरोध गरेका छन् ।७० वर्षलामो नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि जनआन्दोलन शुरु भएको भएको प्रचण्डले बताए ।

प्रचण्डले संविधान मिचिएकाले कांग्रेस लगायत अन्य दल र नागरिक समाजसमेत सडक आन्दोलनमा रहेको रहेको र लोकतन्त्रको रक्षाको लडाइँका लागि अब संयुक्त रुपमा लाग्ने पनि उल्लेख गरे ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077