Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रचण्डका कार्यकर्तालाई तर्साउन सेनाको बख्तरबन्द गाडी सडकमा

चितवन । नेकपा प्रचण्ड-नेपाल समूहको आमहड्ताल जारी रहदाँ चितवनमा नेपाली सेनाले बख्तरबन्द गाडी प्रदर्शन गरेकाे छ।

बख्तरबन्द गाडीले भरतपुर नगरपक्रिममा गरेको हाे ।

भरतपुर ब्याकेरदेखि सुरु सेनाको बख्तरबन्द गाडीले साईरन बजाउदै सडकमा आउदाँ अधिकांश व्यक्ति चकित परेका थिए ।

सेनाले नियमित अभ्यास अन्तर्गत नै बख्तरबन्द गाडी प्रदर्शन गरिएको जनाएको छ ।

प्रचण्डको गृह जिल्ला समेत रहेको चितवनमा यसरी अचानक सडक आन्दोलन र बन्द रहेको वेला बख्तरबन्द गाडी निस्किदा अर्थपूर्ण रुपमा हेरिएको छ ।

सरकारले बलमिच्याई गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको दाहाल–नेपाल समूहकाे भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077