Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

ओलीलाई बालकोट बोलाएर पूजा गर्न महेश बस्नेतहरुलाई नेपालको सुझाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चोइटिएको सानो टुक्रामा दम्भ नदेखाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालकोट बोलाएर पूजा गर्न ओली समूहका नेता महेश बस्नेतलाई सुझाव दिंदै अध्यक्ष नेपालले बस्नेत प्रवृत्तिलाई नै लिएर पार्टी बनाउनसमेत आग्रह गरे ।

प्रचण्ड–माधव समूहले आज बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालले भने–‘के कमिटीमा दुई तिहाइ र स्थायी कमिटिमा प्रचण्ड बहुमत छरु बहुमत हाम्रोमा छ। चोइटिएको सानो टुक्रा मात्र हो केपी ओलीको । कसैलाई जान मन छ भने गए हुन्छ। बालकोटमै पुजा गरेर बसे हुन्छ। पार्टी बनाउने भए नीति प्रधान हुनु पर्छ।’

हिजोको आम हड्ताल तत्कालको प्रतिक्रियामात्र भएको उल्लेख गर्दै उनले यसमा जनताबाट विशाल समर्थन पाएको दाबी नेपालले गरे।

प्रतिनिधि सभा विघटन नेकपाको मात्र मामिला नभएको जनाउँदै उनले भने–‘ओलीले गरेको खुरुखुरु मानेर बसिदैन । नेकपाको मात्र मामिला रहेन संसद विघटन। केपीले गरेको खुरू खुरू मानेर बस्नेवाला छैनौं।’

नेपालले बिहीवारको हड्ताल बिथोल्न भ्रम फैलाइएको र ओलीको निर्देशनमा शान्तिपूर्ण आन्दोलनमासमेत गोली चलाइएको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077