Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भीम रावल भन्छन्–प्रचण्डलाई चिडियाखानामा थुन्ने अभिब्यक्ति तानाशाहको नमूना

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य भीम रावलले प्रचण्डलाई जावलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अभिव्यक्ति तानाशाहको नमूना भएको बताएका छन् ।

गृहमन्त्रीको उक्त भनाईप्रति आपत्ति जनाउँदै नेता रावलले सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले असंवैधानिक कदमविरुद्ध आन्दोलन गर्नेहरूलाई जावलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्रीको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह बन्न खोजिरहेको पुष्टि गरेको बताएका हुन् ।

रावलले ट्वीट गर्दै भनेका छन्–‘प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन र मनपरी गर्ने असंवैधानिक कार्यका विरूद्ध आन्दोलन गर्नेहरूलाई जावलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्रीको भाषणले प्रमं ओली निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दुस्स्वप्ना देखिरहनु भएको पुष्टि हुन्छ ।निरंकुशतन्त्र ढल्छ।’

ओली समूहको नेकपाले दरबारमार्गमा आयोजना गरेको जनसभामा सम्बोधन गर्दै गृहमन्त्री थापाले मांसहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलको जूमा थुन्ने बताएका थिए ।

https://twitter.com/BhimRawal179/status/1357610678467522563

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077