Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भीम रावलद्धारा प्रधानमन्त्रीलाई ‘चटके’को संज्ञा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चटकेको संज्ञा दिएका छन् ।

ओली समूहले आज दरबारमार्गमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्ने क्रममा ओलीले आफ्नै भनाईको खण्डन गरेको भन्दै नेता रावलले ओलीलाई चटकेको संज्ञा दिएका हुन् ।

नेता रावलले ट्वीटमार्फत भनेका छन्–‘प्रमं केपी ओलीले एकातर्फ आफुले चौतर्फी विकास गरेको र हरेकका लागि काम गरे जसरी कसैले नगरेको आमसभामा भन्नुभयो भने अर्कोतर्फ काम गर्न नदिएर प्रतिनिधि सभा विघटन गरेको कुरा गरेर आफ्नो भनाईको आफै खण्डन गर्नुभयो।ढाँटेको कुरा काटे मिल्दैन भनेको यही हो। उहाँकै शब्दमा –चटकेको पछि नलाग्नु।’

https://twitter.com/BhimRawal179/status/1357622505117110272

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077