Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

मेनपावर व्यबसायी गुरुङको घरमा विष्फोट गराएको अभियोगमा बास्तोलामाथि प्रहरीको अनुसन्धान

काठमाडौं। सर्वोच्च अदालतले छाड्न आदेश दिएका सरकारद्वारा प्रतिबन्धित नेकपा बिप्लब समूहका नेता  नेता धर्मेन्द्र बास्तोला पुन: पक्राउ परेका छन् ।

बास्तोला बिप्लब समूहका प्रभावशाली नेता मानिन्छन्।

प्रहरीले उनलाई बिहिबार पुनः पक्राउ गरेर उनलाई महानगरीय प्रहरी वृत कमलपोखरीको हिरासतमा थुनेकोमा शुक्रवार जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा छाड्न आदेश दिएको थियो।

तर, उनलाई पुन: पक्राउ गरी  महानगरीय प्रहरी वृत महाराजगञ्जको हिरातसमा राखिएको छ ।

शुरुमा नख्खुस्थित एनसेल मुख्यालय अगाडी गराएको बम विष्फोट तथा ज्यानमुद्धामा  पुस २९ मा प्रहरीले उनलाई ललितपुर र मकवानपुरको सिमानाबाट पक्राउ गरेको थियो ।

महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई नख्खु स्थित एनसेल मुख्यालय अगाडी गराएको बम विष्फोट तथा ज्यानमुद्धामा पक्राउ गरी मुद्दा चलाएको थियो।

अहिले भने महाराजगञ्ज क्षेत्रमा भएको विष्फोटको घटनामा संलग्न रहेको आरोपमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

बसुन्धारा स्थित वैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा ०७६ फागुन २४ मा भएको विष्फोटको घटनामा बास्तोला संलग्न रहेको प्रहरीको दाबी छ।  बास्तोलाविरुद्ध अदालतबाट म्याद जारी भएको प्रहरीले जनायो ।

धमेन्द्र पत्नी हिमा बास्तोलाले बन्दी प्रत्यक्षीकरणको रिट हालेपछि सर्वोच्च अदालतले उनलाई बिहिबार छाड्न आदेश गरेको थियो ।

सर्वोच्चका रजिष्टार र बारका अध्यक्षको रोहबरमा छुटेका बास्तोलालाई प्रहरीले भने पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077