Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

केपी ओली ‘शाही कम्युनिस्ट’ केशरजंग रायमाझीको पुनरागमनः रामकुमारी झाँक्री

म्याग्दी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्रड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओलीलाई ‘शाही कम्युनिस्ट’ केशरजंग राजमाझीको पुनरागमन भएको आरोप लगाएकी छन् ।

नेकपा प्रचण्ड–नेपाल समूह म्याग्दीले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले ओलीलाई ‘शाही कम्युनिस्ट’ केशरजंग राजमाझीको पुनरागमन भएको बताइन् ।

कार्यक्रममा उनले भनिन्, ‘तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनबाट अर्काको विचारमा केपी ओली अध्यक्ष निर्वाचित भएसँगै पार्टी विघटन भइ अर्को केशरजंग रायमाझी जन्मनु स्वभाविक थियो ।’

साथै नेततृ झाँक्रीले प्रधानमन्त्री ओलीलाई ‘कागजी तानाशाह’ र राष्टपति विद्यादेवी भण्डारीलाई ‘बडा महारानी’को संज्ञा दिइन् । झाँक्रीले थपिन्, ‘नेकपा विघटनको दोष पूर्वएमाओवादी र प्रचण्डको होइन, मुलतस् पूर्व एमालेकै दोष हो । संगठनात्मक स्वरुप टुंगो नगरी राज्य सत्ता कब्जा गर्न निरंकुश लालसा पालेका दक्षिणपन्थ केपी ओलीको नक्कली पार्टी एकताको भड्कारोमा पार्टी एकता गरिएको हो ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077