Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेकपा प्रचण्ड-माधव पक्षले राजधानीका यी स्थानबाट निकाल्यो जुलुस

काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव-प्रचण्ड समूहले राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेको छ।

बिहान ११ बजेबाट संघीय संसदको प्रतिनिधिसभा विघटनको विरोधमा विभिन्न स्थानबाट पुलचोक, माइतीघर, त्रिपुरेश्वर, केशरमहल र जमललाई केन्द्र बनाएर जुलुस निकालेका हुन्।

उनीहरु सुन्धारामा हुने मुल प्रदर्शनमा १२ बजे आइपुगेपछि सुनधारामा मूल भृकुटीमण्डपमा हुने विरोधसभामा सहभागी हुने नेकपाले जनाएको छ।

विरोध सभामा सहभागी हुन नेकपाले गाउँगाउँबाट कार्यकर्तालाई काठमाडौंमा उतारेको छ। विरोधसभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड', माधवकुमार नेपाललगायत नेताहरुले सम्बोधन गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077