Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भागरथी हत्या प्रकरणः संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

    भागरथी हत्या प्रकरणः संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

    अनलाइन नेपाल
  • बुधबार, २८ माघ २०७७
  • 1.9K
    SHARES

    खोटाङ । खोटाङको दिक्तेलस्थित पञ्च माध्यमिक विद्यालयका विद्यार्थीले बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

    विद्यालयका कानुन संकायका विद्यार्थीले खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मामार्फत बुधबार ज्ञापनपत्र बुझाएका हुन् । घटनालाई तोडमोड, ढाकछोप र बहानाबाजीमा दोषीलाई उन्मुक्ति दिन नहुने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।



    बैतडीको दोगडाकेदार–७ निवासी सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत भागरथी भट्टको माघ २१ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकैको जंगलमा शव फेला परेको थियो । अनुसन्धान जारी रहेको भएपनि दोषी पत्ता लाग्न सकेको छैन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार