Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • भागरथीको हत्यारा पत्ता लगाउने डिआइजी भन्छन् – सामाजिक सञ्जालको गलत प्रयोगले अपराध बढ्यो

    भागरथीको हत्यारा पत्ता लगाउने डिआइजी भन्छन् – सामाजिक सञ्जालको गलत प्रयोगले अपराध बढ्यो

    अनलाइन नेपाल
  • बिहिबार, २० फाल्गुन २०७७
  • 1.9K
    SHARES

    दार्चुला। सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले सामाजिक सञ्जालको गलत प्रयोगले अपराधका घट्ना बढ्दो क्रममा रहेको बताएका छन् ।

    समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दार्चुलाका सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा डिआइजी सुवेदीले सो बताएका हुन् ।



    अपराधका घट्ना अनुसन्धानमा दख्खल अधिकृतको उपाधी पाएका सुवेदीले सामाजिक सञ्जालको गतल प्रयोगका कारण अपराधका ऋखंलाहरु हरेक दिन बढ्दै गएको बताए। भर्खरै मात्र बैतडीमा भएको भागरथी भट्टको बलात्कारपछि गरिएको हत्याको सफल अनुसन्धान गर्न सफल भएका डिआईजी सुवेदीले सामाजिक सञ्जालको प्रयोगमा अभिभावकहरु सचेत बन्नुपर्ने बताए।



    अधिकांश अभिभावकहरुले छोराछोरी के गर्दैछन्, भन्ने कुराको ख्याल नगर्दा समाजिक सञ्जालको दुरुपयोग गरिरहेको बताए। समाजमा फेसबुकबाट शुरु भएको प्रेम कहानीले आत्महत्या गर्न बाध्य भएका कयौं घट्नाहरु देखिएको भन्दै अभिभावकले छोराछोरीलाई मोवाईल प्रयोग गर्न दिदा सवाधानी अपनाउनुपर्ने बताए।

    अधिकांश घट्ना एसएलसी देखि प्लस टु सम्म पढ्ने बालबालिकामा हुने गरेका छन्। यो उमेर कलिलो उमेर भएको र परिपक्वता नहुने गरेको कारणले घट्नाहरु घट्ने गरेको उनको भनाई छ। यस्तै सामाजिक सञ्जालपछि मदिराका कारण अपराधका अधिकांश घट्ना घट्ने गरेको उहाँले तथ्य प्रस्तुत गरे। झण्डै आधा घण्टाको आफ्नो प्रस्तुतिमा समाजमा मदिराको कारण ठूला अपराधका घट्ना घट्ने गरेको बताए। उनले समाजमा अपराध नियन्त्रणको लागि सबै क्षेत्रको साझेदारी र सहकार्य अपरिहार्य रहेको बताए। उनले भने, यो एकल क्षेत्रले गरेर नियन्त्रण गर्न सकिदैन्, सबै क्षेत्रको सहकार्यले अपराध नियन्त्रण सम्भव छ। समाजमा घट्ना घटेपछि सडकमा चर्कोरुपमा नारा जुलुस हुने गरेको उल्लेख गर्दै उनले भने, यस्ता चर्को नारा समाज रुपान्तरणको लागि घट्ना घट्नु अघि नै गर्नुपर्ने बताए।

    यस्तै, कार्यक्रममा महेन्द्र नमूना मावि खलंगाका प्रधानाध्यापक रामदत्त जोशीले अभिभावकहरु सचेत नहुँदा बालबालिका विग्रने गरेको बताए। उनले भने, अभिभावकबीनै डेरामा बस्ने, अभिभावक रोजगारीको सिलसिलामाबाहिर हुने र अभिभावकको नियन्त्रणभन्दा बाहिर रहेका विद्यार्थीहरु अहिले पनि विग्रिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार