Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ललिता निवास प्रकरणः प्रमुख अभियुक्त ढकाललाई थुनामा राख्न आदेश

    ललिता निवास प्रकरणः प्रमुख अभियुक्त ढकाललाई थुनामा राख्न आदेश

    अनलाइन नेपाल
  • बुधबार, २८ माघ २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । विशेष अदालतले ललिता निवास प्रकरणका मुख्य अभियुक्त डा. शोभाकान्त ढकाललाई थुनामा पठाएको छ ।

    आज न्यायाधीशहहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए ।



    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकाल विरुद्ध ३९ करोड २८ लाख बिगो मागदाबी सहित २२ माघ २०७६ मा मुद्दा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।



    ललिता निवास जग्गा प्रकरणमै ढकालकी पत्नी उमाकुमारी भने विशेष अदालतबाट धरौटीमा रिहा भएकी छन् । उनीसँग अख्तियारले ९१ लाख भन्दाबढी बिगो मागदाबी गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार