Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

गाडीको साहु भन्दै चितवनमा युवतीलाई घुम्न बोलाएर लुटपाट गर्ने गिरोह सक्रिय

चितवन। चितवनको भरतपुर महानगरपालिका ३ कमलनगरमा धारिलो हतियार देखाई नगद र गरगहना लुटपाट गर्ने बिकल क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

माघ २४ गते बाह्रघरेमा डेरा गरि बस्ने क्षेत्रीले तनहुँका ३९ बर्षि महिलालाई बोलाई कमलनगर स्थित एकान्त चउरमा भएको ठाउँमा लागि धारिलो हरितयार देखाई कुटपिट गरेर महिलाले लगाएको सुनको झुम्का, सिक्रि, ब्रासलेट, २ वटा औंठी, हातमा लगाएको घडी , २ वटा मोवाइल र नगद रु १७ हजार गरि रु ५ लाख ६३ हजार २५० रुपैया बराबरको धनमाल लुटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी टोलीले पीडित महिलाको उद्दार गरी उपचारको लागि अस्पताल पठाएको छ।
हाल महिलाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

क्षेत्रीले महिलालाई आफ्नो नाम बिशाल र आफु गाडी, मोटरपार्टस तथा वर्कसप सञ्चालक हुँ भनी फोन मार्फत चिनजान गरी बिभिन्न प्रलोभन देखाइ चितवन घुम्न आउनु भनि तनहुँबाट चितवन बोलाएका थिए ।

कुटपिटबाट महिलाको कान र हातमा चोट लागको छ ।

उनले डाँका गरी लगेका सुनको सिक्री १ ,घडी १,मोबाइल २ वटा कोठामा फेला परेको र । बाँकी झुम्का एक जोर र हातमा लगाउने ब्रासलेट भमनपा ११ बस्ने बर्ष २९ को सन्तोष विश्वकर्मालाई बेचेको बुझिएको छ ।

प्रहरीले विश्वकर्मालाई समेत  पक्राउ गरी गरी अनुसन्धान थालेको छ ।

प्रहरीले यो गिरोहमा अन्य व्यक्तिहरु पनि हुन सक्ने आशंका ग्गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077