Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुनको मूल्य ४०० रुपैयाँले घट्यो

काठमाडौं ।  नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

हिजो प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ४ सय रुपैंयाले घटेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुनको मूल्य बिहीबार ९१ हजार रूपैयाँ निर्धारण गरिएको छ ।

यस्तै चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार ३४० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077