Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

बुटवल पुगेर पौडेलले भने–नेकपा फुटेको होइन स्वार्थीहरु छुट्टिएका हुन्

बुटवल । अर्थमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका महासचिव विष्णु पौडेलले आफ्नो स्वार्थमात्रै सोच्ने केही तत्वहरु नेकपाबाट चोइटिएको बताएका बताएका छन् ।

नेकपा फुटेको नभई स्वार्थी र जनविरोधी तत्व चोइटिएको बताउँदै उनले भने–‘नेपालमा कम्युनिष्ट पार्टीको एकता नचाहाने, जनताको समृद्धि नचाहाने र आफ्नो स्वार्थमात्रै सोच्ने केही तत्वहरु पार्टीबाट चोइटिएका हुन् ।’

पौडेलले भने–‘नेकपा फुटेको छैन, फुट्दैन र कसैले पनि फुटाउन सक्दैन । केही जंगली मानसिकताका कारण पार्टीभित्र समस्या आएको हो, फुटेको होइन ।’

बुटवलमा जारी बृहत् जनसभालाई सम्बोधन गर्दै नेता पौडेलले प्रधानमन्त्री एवम् ओली नेतृत्वको नेकपाका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा यसरी नै जनसहभागिता बढ्दै जाने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077