Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

परराष्ट्रमन्त्री ज्ञवालीले भने-प्रचण्डले आफ्नो निवासलाई गुटको हेडक्वाटर बनाए

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डमाथि कटाक्ष पोखेका छन्।

परराष्ट्रमन्त्री ज्ञवालीले प्रचण्ड आफ्नो निवासलाई गुटको हेडक्र्वाटर बनाएर चार/पाँच जना भेला गरी गुटको राजनीति गर्दै पार्टीमा सङ्कटको बिजारोपण गरेको आरोप लगाउँदै कटाक्ष पोखेका हुन।।

सरकारले करिब तीन वर्षको अवधिमा सुशासन, विकास र समृद्धिका आधार तयार पार्ने कामको थालनी गरे पनि प्रचण्ड पक्षले असहयोग र प्रतिनिधिसभामा गरेको अवरोधले काम गर्न बाधा आएकाले यी संस्थाको पुनर्गठन गर्नुपरेको मन्त्री ज्ञावलीले बताए ।

ओली समूहले तेह्रथुमको म्याङ्लुङमा शनिबार आयोजना गरेको जिल्ला तहका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले आफूहरुले पार्टी विभाजनको कुनै पनि काम नगरेको तथा पार्टीमा विवाद आउनुमा प्रचण्डको प्रमुख भूमिका रहेकोसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077