Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानन्यायाधीश जबराले वर्तमान सरकारमाथि नै प्रश्न उठाए

काठमाडौं। संसद विघटनविरुद्धका मुद्दामा संवैधानिक इजलासमा आइतबारदेखि जवाफी बहस सुरु भएको छ ।

प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वर्तमान सरकारमाथि नै प्रश्न उठाएका छन्।

प्रधानन्यायाधीश जबराले यो सरकार केपी शर्मा ओलीको हो कि नेपाल कम्युनिस्ट पार्टीको भनी प्रश्न गरेका छन् ।

बहसमा आएका अधिवक्ता दिनमणि पोखरेललाई प्रधानन्यायाधीश जबराले उक्त प्रश्न गरेका हुन् ।

पोखरेलले प्रतिनिधिसभा विघटन गर्ने भए ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने र अर्को सरकार गठन हुन नसके मात्रै त्यो अधिकार प्रयोग गर्ने संवैधानिक व्यवस्था रहेको जवाफ दिएका थिए । त्यसपछि जबराले पोखरेललाई  'अहिलेको प्रधानमन्त्री केपी ओलीको सरकार हो कि सिंगो नेकपाको सरकार हो' ? भन्दै प्रश्न गरेका थिए।

अधिवक्ता पोखरेलले  सर्वोच्च अदालतले ओलीले प्रतिनिधिसभा विघटन गर्ने सिफारिस र सोअनुसार भएको निर्णय संवैधानिक थियो कि थिएन भन्ने मात्रै रहेको जवाफ दिएका थिए ।

पोखरेलले संसदीय व्यवस्थाभित्र प्रतिस्पर्धात्मक भनेको के हो ?  हामीले त्यो कल्पना गर्ने ? भन्दै सोधेका थिए ।

उक्त विषयको जवाफ संसद् र संसदीय दलले दिने पोखरेलको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077