Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

'ओलीले आफ्नो कदम सही ठहर्‍याउन राज्यकोष रित्याउदै संवैधानिक निकायहरुलाई प्रभावमा पार्न खोजे'

काठमाडौं । राष्ट्रिय जनमोर्चाले संसद् विघटन पछि सर्वोच्च अदालत र निर्वाचन आयोग जस्ता संवैधानिक तथा स्वायत्त निकायहरुलाई अनुचित तरिकाले प्रभाव पार्न प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयत्न गरिरहेको आरोप लगाएको छ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालत र निर्वाचन आयोग जस्ता संवैधानिक तथा स्वायत्त निकायहरुलाई अनुचित तरिकाले प्रभाव पार्ने प्रयत्न गरिरहेको जनाएको हो ।

प्रतिगमनको खतराको विरोधमा राजावादीबाहेक देशका सबै राजनीतिक दल, संगठन, संघसंस्था, पत्रकार, नागरिक समाज आदिले संघर्ष गरिरहेको जनमोर्चाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘तर ओलीले स्वच्छन्द तरिकाले विभिन्न संवैधानिक तथा राजनीति नियुक्ति गर्दै गइरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘उनलाई आफ्नो असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमप्रति गल्तीको बोध भएको छैन । झन् उनले आफ्नो कदमलाई सही ठहर्‍याउन र आफ्नो पार्टीबाट फुटेकाहरुलाई चुनौती दिन उनकै भाषामा शक्ति प्रदर्शन गर्न राष्ट्रिय कोष रित्याइरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077