Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपालमा भाजपाको सरकार बनाउनुपर्ने अभिव्यक्ति दिएका अमित शाहमाथि कारवाहीको माग

    नेपालमा भाजपाको सरकार बनाउनुपर्ने अभिव्यक्ति दिएका अमित शाहमाथि कारवाहीको माग

    अनलाइन नेपाल
  • सोमबार, ३ फाल्गुन २०७७
  • 3K
    SHARES

    काठमाडौं । भारतीय गृहमन्त्री अमित शाह एक अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले आइतबार दिएको एउटा अभिव्यक्तिका कारण उनी विवादमा तानिएका हुन् ।

    मुख्यमन्त्री देवले आइतबार भारतीय गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा पनि भाजपाको सरकार गठन गर्नुपर्ने बताएको खुलासा गरेका थिए । पार्टीको एक आन्तरिक बैठकमा शाहले त्यस्तो भनेको उनको दावी थियो ।



    देबले दावी  अमित शाहको नेतृत्वको कारण भारतीय जनता पार्टी (भाजपा )विश्वमै सबैभन्दा ठूलो पार्टी भएको दाबी गरेका थिए । ‘कम्युनिष्टहरूले उनीहरूको पार्टी विश्वको सबभन्दा ठूलो पार्टी हो भन्ने दाबी गरे। तर अमित शाहले भाजपालाई विश्वको सबैभन्दा ठूलो पार्टी बनाए, ‘उनले भने।



    यससँगै नेपाल र श्रीलंकामा एक किसिमको तरंग आएको छ । भारतले स्वतन्त्र छिमेकी देशहरुप्रति पनि आफ्नै राज्यको जस्तो व्यवहार गरेको भन्दै आलोचना भएको छ ।

    नेपालमा यस विषयमा धेरै चासो नदिइएका बेला भारतमा भने यो विषयले ठूलो विवाद ल्याएको छ । भारतको केन्द्र सरकारको मुख्य विपक्षी दल कांग्रेस आईसहित कम्युनिस्ट पार्टीहरुले शाहको यो अभिव्यक्तिको चर्को आलोचना गर्दै उनले नेपाली र श्रीलंकाली जनतासँग माफी माग्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

    कांग्रेस आइकी नेतृ तथा अल इण्डिया कंग्रेस कमिटीकी प्रवक्त सुप्रिया श्रीनेतले यसलाई ‘डिप्लोमेटिक ब्लण्डर’ भन्दै यस विषयमा नेपालीहरुसँग माफी माग्नुपर्ने बताइन् ।

    उता त्रिपुरा कांग्रेसकै उपाध्यक्ष तपस देवले पनि यसको विरोध गरेका छन् ।

    उनले आफूहरुले छिमेकी देशहरुको सम्मान गर्ने बताउँदै ती देशहरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कुरा स्वीकार्य नहुने बताए । भाजपाको यो शैली अराष्ट्रिय र अप्रजातान्त्रिक भएको उनले बताएको हिन्दूस्तान टाइम्सले जनाएको छ ।

    विरोध भएपछि भाजपाले आफूहरुले आफ्नो संस्कृति अन्य देशहरुसम्म फैलाउन चाहेको स्पष्टीकरण दिएको छ ।  भारतीय जनता पार्टी (भाजपा)ले मुख्यमन्त्री बिप्लब देबको टिप्पणीलाई खण्डन गर्न खोज्यो।

    मुख्यमन्त्री विप्लव देवले भनेका थिए, ‘केरलामा सीपीएम र कांग्रेस हुने छैन किनभने नरेन्द्र मोदी र अमित शाह त्यहाँ पुगेका छन्। तमिलनाडुमा पनि बीजेपी सत्तामा आउनेछ। भाजपा बाहेक अरू कुनै सरकार हुनेछैन।

    भाजपाको यो मनोवृत्ति राष्ट्र विरोधी र प्रजातन्त्र विरोधी रहेको भन्दै चर्को आलोचना भएको छ ।

    त्यसो त विप्लव देव विवादको लागि कुनै अपरिचित होइनन् । अप्रिल २०१८ मा उनले दिएको अर्को अभिव्यक्तिले ठुलो हलचल ल्याएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार