Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • भारतका लागि नेपाली राजदूत शर्मा र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

    भारतका लागि नेपाली राजदूत शर्मा र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । भारतका लागि नेपाली राजदूत शंकर शर्मा र भारतीय गृहमन्त्री अमित शाहबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    उनीहरुबीच सोमबार नयाँदिल्लीस्थित भारतीय गृह मन्त्रालयमा भेटवार्ता भएको हो । भारतीय गृहमन्त्री शाहसँगको भेटमा द्विपक्षीय सम्बन्धबारे कुराकानी भएको बताइएको छ ।



    दूतावास स्रोतका अनुसार भारत सरकारको सहयोगमा सञ्चालनमा रहेका परियोजनाहरूको प्रगति र नेपाल(भारत मामिलामा थाती रहेका विषयहरू छिटो टुंग्याउनेबारे पनि छलफल भएको छ ।



    गृहमन्त्री शाह भारतीय सत्तारुढ दल भाजपाका प्रभावशाली नेतासमेत हुन् । गत वैशाख २८ गते राजदूत शर्माले तत्कालीन भारतीय राष्ट्रपति रामनाथ कोविन्दसामु ओहदाको प्रमाणपत्र बुझाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार