Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपालमा भाजपाको सरकार बनाउने भारतीय नेताको अभिव्यक्तिबारे नेपालको ध्यानाकर्षण

    नेपालमा भाजपाको सरकार बनाउने भारतीय नेताको अभिव्यक्तिबारे नेपालको ध्यानाकर्षण

    अनलाइन नेपाल
  • मंगलबार, ४ फाल्गुन २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले दिएको अभिव्यक्तिबारे नेपाल सरकारले ध्यानाकर्षण गराएको छ।

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार भारत सरकारलाई औपचारिक रुपमा ध्यानाकर्षण गराएको बताए ।



    भारतको त्रिपुराका मुख्यमन्त्री देवले शनिबार भाजपाका तत्काललिन अध्यक्ष तथा गृहमन्त्री अमित शाहबारे विवादास्पद अभिव्यक्ति दिएपछि नेपाल सरकारको ध्यानाकर्षण भएको हो ।



    शाहले नेपालमा पनि भाजपाको संगठन बनाउने र सरकार नै गठन गर्ने तयारी गरेको भन्दै देवले दावी गरेका थिए । देवको अभिव्यक्तिलाई लिएर भारतका अन्य नेताहरुले पनि आलोचना गरेका थिए ।

    देवका अनुसार शाहले भाजपाको अध्यक्ष रहेका बेला एक बैठकमा त्यस्तो योजना सुनाएका थिए । तर उनले कुनै प्रमाण भने सार्वजनिक गर्न सकेनन् । यसबारे विवाद चर्को हुन थालेपछि परराष्ट्रमन्त्री ज्ञवालीले ट्वीटरमार्फत औपचारिक रुपमा आपत्ति व्यक्त गरिसकिएको बताएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार