Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • युवा केन्द्रित कार्यक्रम नल्याए पहाडी क्षेत्र रित्तिने खतरा छ : प्रदीप ज्ञवाली

    युवा केन्द्रित कार्यक्रम नल्याए पहाडी क्षेत्र रित्तिने खतरा छ : प्रदीप ज्ञवाली

    अनलाइन नेपाल
  • शुक्रबार, २९ मंसिर २०८०
  • 516
    SHARES

    काठमाडौं । नेकपा एमालेका उपसमहासचिव प्रदीप ज्ञवालीले सरकारले युवा केन्द्रित कार्यक्रम नल्याए केही समयमै पहाडी क्षेत्र रित्तिने खतरा रहेको बताएका छन् ।

    महाकाली—मेची अभियानअन्तर्गत तेह्रथुमको वसन्तुपुरमा बोल्दै उपसमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् ।



    यात्राका क्रममा आफूहरूले युवा केन्द्रित कार्यक्रम ल्याउन नसके केही समय भित्रै गाउँहरू रित्तिने र शिक्षा र स्वास्थ्यमा झनै ठुलो संकट पैदा हुने अवस्था मध्यपहाडी यात्राका क्रममा अनुभव भएको बताए ।



    उनले गाउँ बस्तीहरू बिस्तारै युवाविहीन अवस्थामा पुगेको भन्दै जलवायु परिवर्तनका असरले पनि गाउँमा धेरै ठुलो क्षति परेको बताए । उनले राजधानीमा बसेर सत्ताको भागबन्डा छोडेर जनतामा आउन र जनताका समस्या समाधान गर्न पनि आग्रह गरे ।

    उनले परिवर्तनपछि पनि जनतामा ठुलो पीडा यथावत् रहेको भन्दै सबै राजनीतिक दलहरूले जनताको अवस्था परिवर्तनका लागि स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए ।

    उनले यात्राले नेकपा एमालेलाई जनतामा जोडिन र जनताका समस्या समाधानका लागि आवश्यक कदम चाल्ने कुरामा सहयोग पुगेको बताए ।

    उपमहासचिव ज्ञवालीले पहाडी क्षेत्रमा कृषि र कृषिजन्य उद्योगहरूको ठुलो सम्भावना रहेकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार