Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • नेपाली जनताको अवस्था परिवर्तन भएन, लोकतन्त्रको बिरुद्धमा आवाज उठ्न थाल्यो : प्रदीप ज्ञवाली

    नेपाली जनताको अवस्था परिवर्तन भएन, लोकतन्त्रको बिरुद्धमा आवाज उठ्न थाल्यो : प्रदीप ज्ञवाली

    अनलाइन नेपाल
  • सोमबार, १५ असोज २०८०
  • 927
    SHARES

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गणतन्त्त स्थापना गरेको १६ वर्ष बितिसक्दा पनि जनताको अवस्था परिवर्तन गर्न नसकिएको बताएका छन् ।

    सोमबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले जनताको अवस्था परिवर्तन गर्न नसक्दा लोकतन्त्रको बिरुद्धमा आवाज उठिरहेको बताए । समाजमा असहिष्णुता बढ्दै गएको भन्दै सरकारले यसमा ध्यान दिनुपर्ने आवश्यकता रहेको उनको भनाई छ । यस्तै उनले उनले एसियालाई शान्ति क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताए ।



    शान्तिका पक्षहरुले सुझबुझका साथ समाजमा आइरहेका परिवर्तनलाई हेर्दै दिगो लोकतान्त्रिक न्यायपूर्ण समाज निर्माण गर्न जरुरी रहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार