Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एमाले वाम एकता गर्ने कुरामा हतारिने पक्षमा छैन : उपमहासचिव ज्ञवाली

    एमाले वाम एकता गर्ने कुरामा हतारिने पक्षमा छैन : उपमहासचिव ज्ञवाली

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 354
    SHARES

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वाम एकता गर्ने कुरामा पार्टी हतारिने पक्षमा नरहेको बताएका छन्।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरणलाई वामपन्थी एकताको सुरुवातको रूपमा चित्रण गरिरहेका बेला उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन्।



    उपमहासचिव ज्ञवालीले पार्टी एकतामा हतार गरिहाल्ने अवस्था नरहेको बताए। उपमहासचिव ज्ञवालीले कार्यकर्ता तहमै भावनात्मक एकता नभएसम्म गरिएको एकता नटिक्ने विगतको अनुभव रहेको दृष्टान्त समेत प्रस्तुत गरे।



    उनले अहिले वामपन्थी एकता, सहकार्य, पार्टी एकता लगायतका विषयमा कुनै पनि छलफल नभएको बताए ।

    उपमहासचिव ज्ञवालीले आफ्नो पार्टी सरकारमार्फत व्यवस्थामाथि परेको सङ्कट र जनतामा बढेको निराशालाई चिर्ने कुरामा केन्द्रित रहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार