Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एमाले उपमहासचिव ज्ञवाली र सीपीसी विदेश विभाग उपमन्त्री सुनबीच बेइजिङमा भेटवार्ता

    एमाले उपमहासचिव ज्ञवाली र सीपीसी विदेश विभाग उपमन्त्री सुनबीच बेइजिङमा भेटवार्ता

    अनलाइन नेपाल
  • सोमबार, ११ मंसिर २०८०
  • 360
    SHARES

    काठमाडौं । एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभागकी उपमन्त्री सुन हाइयानबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच सोमबार चिनको राजधानी बेइजिङमा भेटवार्ता भएको हो । भेटमा दुई पार्टीबीच रहँदै आएको मैत्रीपूर्ण, हार्दिक र लामो सम्बन्धका विविध पाटोका बारेमा कुराकानी भएको बताइएको छ ।



    एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला दुई देशबीच अत्यन्त महत्वपूर्ण सम्झौताहरू भएको स्मरण गर्दै उपमन्त्री सुनले तिनको सफल कार्यान्वयन हुने विश्वास व्यक्त गरेकी छन् ।



    चाइनिज एकेडेमी अफ सोसल साइन्सेजले आयोजना गर्न लागेको १३ औँ विश्व समाजवाद मञ्चमा भाग लिन उपमहासचिव ज्ञवाली र केन्द्रीय सदस्य बिष्णु रिजाल चीनमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार