Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

देशभित्र एक सय मेगावाटभन्दा बढी बिजुली खेर, भारतबाट दैनिक ५ सय मेगावाट आयात

काठमाडौं । २५ मेगावाट सिंगटी खोला जलविद्युत् आयोजनाको निर्माण अघिल्लो फागुनमा सकिएको थियो ।

आयोजनाले अहिले विद्युत् उत्पादन गर्न सक्ने अवस्थामा भए पनि प्रसारण लाइन नपुग्दा बिजुली उत्पादन गरेको छैन।

यस्तो समसया सिंगटी आयोजनाको मात्र होइन, मुलुकमा एक सय मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्न सक्ने अवस्थामा पुगेका आयोजना पनि प्रसारण लाइनको पहुँदा नपुग्दा उत्पादन नगरी बसेका छन् । मुलुकमा भने भारतबाट दैनिक ५ सय मेगावाट बिजुली आयात भइरहेको छ ।

प्रसारण लाइन नपुग्दा सिंगटी जलविद्युत आयोजनाले एक वर्षको अवधिमा ७० करोड रुपैयाँभन्दा बढी नोक्सानी ब्यहोर्नु परेको छ । असारमै परीक्षण प्रशारण गरेको यो आयोजना सबैभन्दा नोक्सान बेहोर्नेमा देखिएको छ ।

जलविद्युत आयोजनाका कार्यकारी निर्देशक गणेश कार्कीले समयमै प्राधिकरणले प्रसारण लाइन निर्माण नगर्दा जलविद्युत् क्षेत्रमा लगानी गरेको निजी व्यवसायी धराशयी हुने अवस्थामा पुगेको बताए । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077