Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधि सभा विघटनको बिरोधमा मानव साङ्लोले टुँडिखेल घेराउ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमारनेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा संसद् पुनर्स्थापनाको माग गर्दै काठमाडौं‌को टुँडिखेल वरिपरि मानव साङ्लोसहितको विरोध प्रदर्शन गरेको छ ।

संसद् विघटन, महिला हि‌ंसा, महँगी र भ्रष्टाचारका मुद्दासमेत जोडिएको यो प्रदर्शनमा नेकपाका कार्यकर्ताहरुले विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शनमा सहभागी थिए ।

समूहको चौथो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत बिहीबार मानव साङ्लोसहितको प्रदर्शन गरिएको हो ।

समूहका स्थायी कमिटी सदस्य तथा केन्द्रीय संघर्ष समितिका सह–संयोजक योगश भट्टराईले प्रतिगमन तथा असंवैधानिक कदमका विरुद्ध टुँडिखेलमा मानव साङ्लोले घेरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077