Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शिव पौडेलका हत्यारालाई राष्ट्रपतिले आम माफी दिएकोमा तरुण दलद्वारा आन्दोलन गर्ने निर्णय

काठमाडौं । शिव पौडेलका हत्यारालाई राष्ट्रपतिले आम माफी दिएकोप्रति नेपाल तरुण दलले आपत्ति जनाउँदै आन्दोलनको घोषणा गरेको छ।

तरूण दलका अध्यक्ष जीतजंग बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ,'२०६८ साल पुस महिनामा जिल्ला कारागार भरतपुर ९चितवन० भित्र नेपाल तरुण दल चितवनका तत्कालिन अध्यक्ष शिव पौडेलको हत्यामा संलग्न गम्भीर अपराध गर्ने अपराधीहरु फणिन्द्र श्रेष्ठ, दिल बहादुर मोक्तान र सुनिल के।सी। लाई प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्रकै खिल्ली उडाउँदै नेकपाको ओली गुटको सरकारको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले बाँकी कैद मिनाह गरी आम माफी दिईएको प्रति नेपाल तरुण दल केन्द्रिय समिति गम्भीर आपत्ति जनाउँदै उक्त कार्यको घोर निन्दा एवं भत्र्सना गर्दछ।'

जेल भित्रै हत्या जस्तो अक्षम्य र गम्भीर अपराध गर्ने अपराधीहरुलाई सरकार र राष्ट्रपति जस्तो संस्थाले आम माफी दिनु देशमा हत्या, हिंसा जस्ता दानवीय प्रवृतिको ढाकछोप गर्ने र अवान्छीत कृयाकलापलाई प्रोत्साहित गर्ने कार्य दिन प्रति दिन बढ्दै गईरहेको प्रष्ट भएको विज्ञप्तिमा उल्लेख छ।

सरकारको यस्ता गैरजिम्मेवारपूर्ण कार्यले नेपाल तरुण दल र लोकतन्त्रवादी आम तरुणहरुलाई गम्भीर र आन्दोलित तुल्याएको हुँदा अपराधीहरुलाई संरक्षण गर्ने जनविरोधी सरकारको उक्त निर्णयको विरुद्ध चरणबद्ध रुपमा विरोधका कार्यक्रमहरु गर्न तरुण दल केन्द्रिय समितिले चितवन जिल्ला समितिलाई यसै विज्ञप्ति मार्फत निर्देशनसमेत दिइएको अध्यक्ष बस्नेतले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077