Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • तीन ओटा कारलाई लक्षित गरी भएको विस्फोटमा कम्तीमा पाँच व्यक्तिको मृत्य

    तीन ओटा कारलाई लक्षित गरी भएको विस्फोटमा कम्तीमा पाँच व्यक्तिको मृत्य

    अनलाइन नेपाल
  • शनिबार, ८ फाल्गुन २०७७
  • 2K
    SHARES

    एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा शनिबार तीन ओटा कारलाई लक्षित गर्दैै भएको विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्य भएको छ ।

    मृत्यु हुनेमा दुई प्रहरी अधिकारी, एक महिलासहित तीन सर्वसाधारण रहेका छन् । साथै विस्फोटमा परी अन्य दुई व्यक्ति घाइते भएका काबुलको प्रहरी स्रोतले पुष्टि गरेको छ । विस्फोटहरू बिहानको व्यस्त समय भएको थियो ।



    पहिलो विस्फोट स्थानीय समयानुसार शनिबार बिहान ८ः०० बजे भएको थियो । दोस्रो विस्फोट १५ मिनेट पछि भएको थियो, भने तेस्रो विस्फोटन शनिबार बिहान १०ः२० बजे भएको काबुलका प्रहरी प्रवक्ता फरदौस फारामारसले सिन्ह्वा सामाचार समितिलाई बताउनु भएको छ ।



    यस समाचारको विस्तृत विवरण प्राप्त नभएको र विस्तृत विवरणको लागि आपराधिक अनुसन्धान विभागसहित एक संयुक्त सुरक्षा टोली खटिएको समाचारमा जनाइएको छ । एजेन्सी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार