Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपतिलाई बिनुको प्रश्न- श्रीमानको हत्यारा खोज्ने कि अर्काका हत्यारालाई छुटाउने ?

चितवन ।  तरुण दल चितवनका तत्कालिन अध्यक्ष शिब पौडेलको अभियोगमा सजाय भोगिरहेका  तीन जनाले प्रजातन्त्र दिवसको अबसरमा आममाफी पाएको भन्दै पौडेल परिवारले पत्रकार सम्मेलन गरी चिन्ता व्यक्त गरेको छ ।

चितवनमा गुण्डागर्दीमा कहलिएका शिव पौडेल केरावारीमा भएको गोली काण्डको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेको समयमा कारागारमा हत्या भएको थियो ।२०६८ साल मंसिर २० गते पौडेलमाथि आक्रमण भएको थियो ।

गुण्डागर्दीमार्फत पौडेलले अबैध सम्पत्ति कमाएका थिए। पौडेललाई कारागारमा कांग्रेसका नेताहरुले भेटेपछि बिरोधीलाई उनले भातका डल्लाले आक्रमण गर्दा  सांघातिक आक्रमण भएको थियो।

पुस २ गते काठमाडौंको न्यूरो अस्पतालमा पौडेलको मृत्यु भएको थियो । मृत्युपछि परिवारको जाहेरीले २० वर्ष जेल सजाय भोगिरहेका मध्ये यही फागुन सात गते प्रजातन्त्र दिवसको अबसरमा  फडिन्द्र श्रेष्ठ, सुनिल केसी र दिल वहादुर लामालाई आममाफी दिइएको थियो ।

उनीहरुलाई असल चालचलन भन्दै आममाफी दिइएको थियो ।

उनीहरुलाई आममाफी भए पछि परिवारले देशमा न्याय हराएको महशुश गरिरहेको पौडेल पत्नी विनु रायमाझी पौडेले वताइन । पत्रकार सम्मेलनमा बोल्दै पौडेले राष्ट्रपति र प्रधानमन्त्रीले आफ्ना कार्यकर्ताको झुण्ड बढाउन ज्यानमाराहरुलाई आममाफी दिएको आरोप लगाइन ।

पौडेलले भनिन, 'एउटै परिवारका दुई भाई मारेर सजाय भोगीरहेकालाई आममाफि दिइनु कतिको जायज हो । हत्यारा ठहर भएकालाई आममाफी दिदाँ पीडित परिवारको मनमा के हुन्छ भनेर सोच्नु पर्दैंन? । अहिलेको घटनाले देशमा न्याय हराएको महशुश भएको छ ।'

पौडेलले राष्ट्रपति देशको राष्ट्रपति नभई अहिले नेपाल कम्युनिष्ट पार्टी ओली समुहको राष्ट्रपति भएको अरोप लगाइन । उनले भनिन, 'राष्ट्रपतिले अहिले आफ्नो श्रीमानको हत्यारा खोज्नु पर्ने हो की? अर्काका हत्यारालाई छुटाउने हो ।' उनीहरुलाई के कारणले माफी दिइएको हो ? उनको प्रश्न थियो ।

पौडेलका भाई गोविन्द पौडेलको हत्याको आरोपमा उनीहरुलाई पाँच/पाँच वर्षका लागि कैद सजाय भएको थियो । उनीहरुले गोविन्दको वि.सं. २०६६ साल जेठ ३ गते हत्या गरेका थिए । कारागारमा रहेको समयमा सोही समुहले शिव पौडेललाई कारागारमा नै रहेका सामाग्रीहरुको प्रयोग गरी हत्या गरेका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै पौडेलका छोरा शिविनजंग पौडेलले आँफुहरुले न्याय नपाउनु भनेको विडम्बना भएको बताए । कारागार भित्र २० वर्ष कैद सजाय भएका व्यक्तिलाई आममाफिका नाममा दिइएको उन्मुक्तिले आँफुहरुलाई त्रास वढाएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077