Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    अनलाइन नेपाल
  • आइतबार, ९ फाल्गुन २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका एक वरिष्ठ प्रहरी हवल्दारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    अख्तियारले घुससहित पक्राउ परेका महोत्तरीको गौशलामा कार्यरत वरिष्ठ प्रहरी हवल्दार सरबनकुमार बस्नेतविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।



    अनुसन्धानको क्रममा बस्नेतले सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएकाले अख्तियारले  उनीविरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका छन् ।



    रिसालका अनुसार घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएबापत १५ रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार