Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • १ अर्ब २६ करोड भ्रष्टाचार मुद्दा : ९ सिमेन्ट कम्पनीसहित २७ लाई विशेष अदालतले दियो सफाइ

    १ अर्ब २६ करोड भ्रष्टाचार मुद्दा : ९ सिमेन्ट कम्पनीसहित २७ लाई विशेष अदालतले दियो सफाइ

    अनलाइन नेपाल
  • शुक्रबार, ३ चैत्र २०७९
  • 648
    SHARES

    काठमाडौं । विशेष अदालतले ९ सिमेन्ट कम्पनीसहित २७ जनाविरुद्ध परेको भ्रष्टाचार तथा राजस्व चुहावट सम्बन्धी मुद्दामा सफाइ दिएको छ ।

    शुक्रबार न्यायाधीश रमेश पोखरेल, बलभद्र सापकोटा र खुसीप्रसाद थारुको संयुक्त इजलासले एक साता लामो बहसपछि भ्रष्टाचार मुद्दामा दाबी नपुगेको भन्दै सफाइ दिने फैसला सुनाएको हो ।



    चुनढुङ्गा खानी उत्खननका क्रममा एक अर्ब २६ करोड १९ लाख ४८ हजार भ्रष्टाचार गरेको अभियोगमा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित २७ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ माघ १२ गते विशेष अदालतमा मुद्दा हालेको थियो ।



    अख्तियारले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वध्यक्ष पशुपति मुरारकाको सिद्धार्थ मिनरल्स, सर्वोत्तम सिमेन्टका विष्णुप्रसाद न्यौपाने, मारुती सिमेन्टका शरद गोयल, अन्नपूर्ण क्वेरिज प्रालिका ऋषि अग्रवाल, उदयपुर मिनरल्स टेक प्रालिका प्रवलजंग पाण्डे, युनाइटेड सिमेन्टका नरेश दुगड, सोनापुर मिनरल्स एण्ड आयलका निपेश तायल, कञ्चन क्वेरिज प्रालिका भीमबहादुर थापा क्षेत्री र डोलोमाइट चुनढुंगा उद्योगका मानबहादुर श्रेष्ठलाई मुद्दा दायर गरेको थियो ।

    खानी तथा भूगर्भ विभागबाट २०७६ जेठ १४ गते तत्कालिन उप-महानिर्देशक नेतृत्वमा गठित तीन सदस्यीय समिति (पहिलो) ले विभिन्न ९ वटा सिमेन्ट उद्योगहरूले खानी दोहन गरी उत्खनन अनुमति पत्रमा तोकिएको निर्धारित परिमाणभन्दा बढी चुनढुङ्गा निकालेको भन्दै क्षतिपूर्ति उठाउनुपर्ने गरी कारवाही सिफारिस गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार