Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • हुम्लाका दुई वडासचिव भ्रष्टाचारी ठहर

    हुम्लाका दुई वडासचिव भ्रष्टाचारी ठहर

    अनलाइन नेपाल
  • मंगलबार, २१ चैत्र २०७९
  • 405
    SHARES

    हुम्ला । विशेष अदालतले हुम्लाको ताजकोट गाउँपालिकामा कार्यरत दुईजना वडासचिवलाई भ्रष्टाचार मुद्दामा कैद सजाय फैसला गरेको छ ।

    मंगलबार विशेषका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य खुसीप्रसाद थारुको इजलासले यस मुद्दामा यस्तो फैसला गरेको हो । विशेष अदालतका अनुसार वडासचिव लामालाई तीन वर्ष ६ महिना र अर्का वडासचिव रामप्रसाद देवकोटालाई दुई वर्ष ६ महिना कैद सजाय सुनाइएको छ ।



    लामालाई २२ लाख ९९ हजार र देवकोटालाई १० लाख ५६ हजार रुपैयाँभन्दा बढी बिगो भराउने फैसला भएको बताइएको छ ।



    लामा र देवकोटाले जिल्ला समन्वय समितिबाट आर्थिक वर्ष ०७३÷७४ का लागि निकासा भएको पूँजीगत अनुदान, सामाजिक सुरक्षा भत्ता र सञ्चालन अनुदान समेतको रकम सम्बन्धित कार्यालयका बैंक खाताबाट झिकेर हिनामिना गरेको अनुसन्धानबाट खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार