Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अवैध १० लाख भारुसहित भारतीय नागरिक नेपालगंजबाट पक्राउ

बाँके। अबैध १० लाख भारतीय रकमसहित भारतीय नागरिक फागुन ९ गते पक्राउ परेका छन्।

बाँके प्रहरी अन्तर्गतको भन्सार सुरक्षा गार्ड नेपालगंज र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जमुनाह बाँकेबाट खटिएको  संयुक्त सुरक्षा टोलीले जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.१६ भन्सार चेक प्वाईन्टमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आईरहेका भारत उत्तरपुर्वि दिल्ली जफ्फारावाद वस्ने वर्ष ५४ को मुनवर खानले बोकी ल्याएको १० लाख रकमसहित  बरामद गरेको हो ।

खानले दुई  वटा झोला भित्र रहेको भा.रु २०००।( दरको नोट थान ३, रु ५०० दरको नोट १९८८ जरि जम्मा भारतिय रकम रु दश लाख  सहित फेला पारी नियन्त्रणमा लिएको हुदा सो सम्बन्धमा अनुसन्धान भईरहेको बाँकेका प्रहरी प्रमुख एसपी ओम रानाले वताए।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अनुसन्धानमा खुलेका कुराहरु:
- पक्राउ परेका मुनवर खान तामा पितलको धुलो खरिद विक्री गर्ने व्यपारी रहेको ।
-निजले यस भन्दा पहिला पनि रु ७०,०००। मा तामाका धुलो नेपालगंज बाट खरिद गरि लिई भारत दिल्लीमा रु ९०,०००। मा बिक्री गरको ।
- बरामद रकम मध्ये निजले रु ७,५०,०००।( दिल्लीकै तामा व्यपारी हुसनुर सहनवाज बाट तामारपितल ल्याई दिन्छु भनि लिई आएको ।
- रु १,५०,०००। आफ्नै रहेको ।
- रु १,००,०००। आफन्त (साला) बाट मागी ल्याएको ।
- बरामद रकमले निजले नेपालगंज औद्योगिक क्षेत्र भित्र रहेको लामा पितल फ्याँक्ट्री बाट तामा र पितलको धुलो खरिद गरि लिई भारतमा खरिद मुल्यमा नाफा खाई विक्री गर्ने गरेको ।
-मिति २०७७।११।०९ गते  रकम लिई नेपालगंज आउदै गरेको अवस्थामा पक्राउ परेको ।
- निजलाई नेपालमा भा.रु रकम लिई हिड्न हुदैन भन्ने कुराको जानकारी रहेता पनि पहिलो पटक चेकजाँच नभएकाले यस पटक पनि केही हुदैन होला भनि बरामद रकम लिई आएको ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077